डा. अरुण शाही अन्तर्राष्ट्रिय जेरियाट्रिक अन्कोलोजी समाजको नेपाल प्रतिनिधि नियुक्त

theoutsidenepal.com

डा. अरुण शाही अन्तर्राष्ट्रिय जेरियाट्रिक अन्कोलोजी समाजको नेपाल प्रतिनिधि नियुक्त

क्यान्सर रोग विशेषज्ञ डा. अरुण शाही अन्तर्राष्ट्रिय जेरियाट्रिक अन्कोलोजी समाज (International Society of Geriatric Oncology (SIOG)) को नेपाल प्रतिनिधिमा नियुक्त भएका छन्।

वृद्धवृद्धामा हुने क्यान्सरको उपचार, अनुसन्धान तथा शिक्षामा केन्द्रित सिओगले डा. शाहीलाई नेपाल प्रतिनिधिका रूपमा नियुक्त गरेको हो। उनको नियुक्तिसँगै नेपालमा वृद्ध क्यान्सर बिरामीहरूको उपचार, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। सिओगको आधिकारिक वेबसाइटमा समेत उनको नाम र विवरण नेपाल प्रतिनिधिका रूपमा समावेश गरिएको छ।

International Society of Geriatric Oncology (SIOG) को मुख्यालय Geneva मा रहेको छ। सन् २००० मा स्थापना भएको यो प्रतिष्ठित अन्तर्राष्ट्रिय बहुविषयगत संस्थामा क्यान्सर रोग विशेषज्ञ, ज्येष्ठ नागरिक स्वास्थ्य विशेषज्ञ तथा स्वास्थ्य अनुसन्धानकर्ताहरू आबद्ध छन्। संस्थाले विश्वभर वृद्धवृद्धामा देखिने क्यान्सरको उपचार, अनुसन्धान र शिक्षाको क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ।

हाल डा. शाही Patan Academy of Health Sciences अन्तर्गतको Patan Hospital मा मेडिकल अन्कोलोजी विभागका सहप्राध्यापक तथा वरिष्ठ परामर्शदाता चिकित्सकका रूपमा कार्यरत छन्।

स्वास्थ्य क्षेत्रमा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा महत्वपूर्ण जिम्मेवारी प्राप्त गरेकोमा डा. अरुण शाहीलाई चिकित्सक समुदाय तथा स्वास्थ्य क्षेत्रका सरोकारवालाले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।


प्रतिक्रिया