अबुल हुसेन अन्सारी एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित

theoutsidenepal.com

अबुल हुसेन अन्सारी एमाले केन्द्रीय कमिटी सदस्यमा मनोनित

काठमाडौं । नेकपा (एमाले)का नेता अबुल हुसेन अन्सारी पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनित भएका छन्।

एमाले केन्द्रीय कमिटीको तेस्रो बैठकले अन्सारीलाई पार्टी केन्द्रीय कमिटी सदस्यको जिम्मेवारी दिने निर्णय गरेको हो। मनोनयनपछि अन्सारीले पार्टीको केन्द्रीय नेतृत्वप्रति धन्यवाद तथा आभार व्यक्त गरेका छन्।


अन्सारीले नयाँ जिम्मेवारीलाई सम्मान गर्दै पार्टी संगठन सुदृढीकरण, कम्युनिस्ट आन्दोलनको प्रवर्द्धन तथा जनताका अपेक्षा पूरा गर्न अझ निष्ठापूर्वक क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले आफूलाई बधाई तथा शुभकामना व्यक्त गर्ने सम्पूर्ण शुभेच्छुक, शुभचिन्तक तथा पार्टीका नेता–कार्यकर्ताप्रति समेत धन्यवाद ज्ञापन गरेका छन्।

अन्सारीले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पार्टीले दिएको जिम्मेवारीलाई इमानदारीपूर्वक निर्वाह गर्ने बताएका हुन्।


प्रतिक्रिया