काठमाडौँ ।मन्त्री प्रतिभा रावल नेतृत्वको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्वकीय सचिवको रूपमा आकांक्षा पोख्रेल नियुक्त भएकी छन्। मन्त्री रावलको सचिवालयमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै उनले आगामी दिनमा मन्त्रालयका कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
नव नियुक्त स्वकीय सचिव आकांक्षा पोख्रेललाई विभिन्न क्षेत्रबाट बधाई तथा शुभकामनाहरू प्राप्त भइरहेका छन्। उनको कार्यकाल सफल र उपलब्धिमूलक रहोस् भन्ने कामना व्यक्त गरिएको छ।
सरकारी कार्यसम्पादनलाई चुस्त, दुरुस्त र जनमुखी बनाउन मन्त्रीको सचिवालयको भूमिका महत्वपूर्ण हुने भएकाले पोख्रेलको जिम्मेवारीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। मन्त्रालयसँग सम्बन्धित नीतिगत तथा प्रशासनिक काममा उनको सक्रिय सहभागिताले सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ।