पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको सरकारी गाडी फिर्ता गरे
काठमाडौं । केपी शर्मा ओली ले दोहोरो सुविधाबापत् लिएको सरकारी गाडी सरकारलाई फिर्ता गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय का अनुसार बुधबार पूर्वप्रधानमन्त्री ओलीले दोहोरो सुविधाअन्तर्गत प्रयोग गर्दै आएको सवारी सरकारलाई बुझाएका हुन्।
सरकारले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सुविधा तथा स्रोतसाधनको समीक्षा गरिरहेका बेला पूर्वप्रधानमन्त्री ओलीले सरकारी गाडी फिर्ता गरेका हुन्।
06 May 2026