पटेलापट्टीमा उत्साहजनक भेटघाट : एनपी साउदको पक्षमा बढ्दो जनसमर्थन

theoutsidenepal.com

कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत कृष्णपुर नगरपालिका–५ पटेलापट्टीमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद ज्युको भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको छ।


फागुन २१ गते नजिकिँदै जाँदा आयोजित यस कार्यक्रममा स्थानीय आमा–बुबा, दाजुभाइ–दिदीबहिनी तथा युवाहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा साउद ज्युले क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।


उहाँले स्थिर राजनीति र दिगो विकासका लागि सबैलाई रूख चिन्हमा मतदान गर्न आग्रह गर्दै कञ्चनपुर–२ लाई समृद्धिको बाटोमा अघि बढाउने दृढ अठोट दोहोर्याउनुभयो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले पनि बहुमतका साथ विजयी गराउने प्रतिबद्धता जनाएका छन्।


प्रतिक्रिया