काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको नेतामा बालेन्द्र शाह लाई सर्वसम्मत रूपमा चयन गर्ने भएको छ।
पार्टीभित्र भएको आन्तरिक छलफलपछि सबै सांसदहरूले शाहको नेतृत्वमा सहमति जनाएपछि मतदान प्रक्रिया नै आवश्यक नपरेको हो। सर्वसम्मत निर्णयमार्फत शाहलाई संसदीय दलको नेता चयन गर्ने तयारी गरिएको बताइएको छ।
रास्वपाभित्र नयाँ सरकार गठनको तयारी तीव्र भइरहेका बेला नेतृत्व चयनलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। पार्टीभित्र एकमत देखिएको यस निर्णयले आगामी राजनीतिक यात्रामा स्थायित्व र स्पष्ट दिशानिर्देश दिने अपेक्षा गरिएको छ।
यससँगै, संसदीय दलको नेताको जिम्मेवारी सम्हाल्दै शाहले सरकार गठन प्रक्रिया अघि बढाउने सम्भावना बलियो बनेको छ।
20 March 2026