ऊर्जा क्षेत्रमा सुधारको संकेत: मन्त्री विराज भक्त श्रेष्ठद्वारा उच्चस्तरीय समीक्षा बैठक पारदर्शिता, प्रभावकारिता र आत्मनिर्भरता मुख्य प्राथमिकतामा

theoutsidenepal.com

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ ले मन्त्रालयको समग्र अवस्था, प्रगति, चुनौती तथा आगामी कार्यदिशाबारे उच्च पदस्थ कर्मचारीहरूसँग विस्तृत छलफल गरेका छन्।


हिजो (२०८२ चैत्र १५ गते, आइतबार) सम्पन्न उक्त बैठकमा मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे सूक्ष्म समीक्षा गरिएको थियो। सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा विशेष जोड दिइएको मन्त्री श्रेष्ठले स्पष्ट गरेका छन्।


बैठकमा ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली अनिवार्य रहेको उल्लेख गरिएको थियो।


मन्त्री श्रेष्ठले मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्नेमा जोड दिँदै सम्पूर्ण कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन्।


उनले जनताले प्रत्यक्ष महसुस गर्ने परिणाममुखी कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्।


साथै, आगामी दिनमा देखिएका चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।


प्रतिक्रिया