काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो।
सोही बैठकले प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गर्ने निर्णय पनि गरेको छ। बैठक पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा सम्पन्न भएको थियो।
नवनियुक्त दलका नेता शाही राप्रपाबाट प्रत्यक्ष निर्वाचित एक्ला सांसद हुन्। उनी जुम्ला जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ १ सिट र समानुपातिकतर्फ ४ सिट प्राप्त गरेको छ।
19 March 2026