संयुक्त राष्ट्रसंघका महासचिव एन्तोनियो गुटेरेस द्वारा शक्तिशाली प्रधानमन्त्री बालेन्द्र शाह लाई बधाई, सहकार्यको प्रतिबद्धता

theoutsidenepal.com

द टन न्युज , काठमाडौं । संयुक्त राष्ट्रसंघ का महासचिव एन्तोनियो गुटेरेस ले नेपालका शक्तिशाली प्रधानमन्त्री बालेन्द्र शाह लाई पदभार ग्रहण गरेको अवसरमा हार्दिक बधाई सन्देश पठाएका छन्।


महासचिवको तर्फबाट नेपालस्थित संयुक्त राष्ट्रसंघ नेपाल तथा यूएन रेसिडेन्ट कोअर्डिनेटरले पनि बधाई व्यक्त गर्दै नेपाल र नेपाली जनतासँग मिलेर काम गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएका छन्।


सन्देशमा नेपाल “निर्णायक प्रगति, सार्वजनिक जीवनमा उच्च इमान्दारिता तथा जनतामुखी संस्थागत सुदृढीकरण” तर्फ अघि बढिरहेको उल्लेख गर्दै उक्त यात्रामा संयुक्त राष्ट्रसंघ सधैं साथ रहने जनाइएको छ।


संयुक्त राष्ट्रसंघले प्रधानमन्त्री शाहको नेतृत्वमा नेपालले सुशासन, पारदर्शिता र समृद्धिको नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ। अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त यस्तो उच्चस्तरीय समर्थनले नेपाललाई विश्वमञ्चमा अझ सशक्त, विश्वसनीय र प्रभावशाली राष्ट्रका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया