सहसचिव दीपक विकलाई राहदानी विभागको नेतृत्व

theoutsidenepal.com

परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागको महानिर्देशकमा सहसचिव दीपक विकलाई नियुक्त गरिएको छ।

परराष्ट्रमन्त्री शिशिर खनालको मन्त्रिस्तरीय निर्णयअनुसार विकलाई राहदानी विभागको महानिर्देशकको जिम्मेवारी दिइएको हो। यसअघि उक्त पदमा रहेका तीर्थ अर्याललाई हटाएर विकलाई जिम्मेवारी सुम्पिएको जनाइएको छ।


दीपक विक केही वर्षअघि दलित कोटाबाट नेपाल सरकारको सहसचिवमा बढुवा भएका अधिकारी हुन्। परराष्ट्र मन्त्रालयका अनुसार उनलाई प्रशासनिक अनुभवका आधारमा राहदानी विभागको नेतृत्वमा खटाइएको हो।

राहदानी सेवा थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने अपेक्षासहित उनको नियुक्तिलाई हेरिएको छ।


प्रतिक्रिया