सुनसरी क्षेत्र न.४ का मतदातालाई लक्षित गर्दै सामाजिक सञ्जालमा सक्रिय युवा नेता अब्दुल हुसैन अन्सारी ले विकास र परिणाममुखी नेतृत्वको माग गरेका छन्।
उनले आफ्नो स्टाटसमा लेखेका छन्, “भोट होइन, अब प्रश्न गरौँ! ८ वर्ष बित्यो — खै विकास? खै निकास? खै युवाको रोजगारी, सडक, अस्पताल, उद्योग?” उनले भर्खरै जनताप्रति दिइएका झुठा भाषण र आश्वासनले पेट भरिँदैन, बाटो बन्दैन भनी निष्कर्ष निकालेका छन्।
अन्सारीले मतदातालाई सचेत गर्दै भनेका छन्, “जनताको धैर्यलाई कमजोरी नठानियोस्। उखान छ — ‘काम गर्नेको हात बोल्छ, कुरा गर्नेको मुख मात्र।’ अब कुरा होइन, कामको हिसाब चाहिन्छ। अब नारा होइन, नतिजा चाहिन्छ। जनताको मत अमूल्य छ — यसपालि सोचेर, जाँचेर, प्रश्न गरेर निर्णय गरौँ।”
उहाँले विकास, सुशासन र परिणाम दिने नेतृत्व रोज्न मतदातालाई आह्वान गरेका छन्। उनका यस बक्तव्यले सुनसरी–४ मा मतदातामा जागरूकता र राजनीतिक चेतनाको संकेत दिएको बताइएको छ।