मेरील्याण्डमा प्रारम्भिक मतदान सुरु, नेपाली मूलका उम्मेदवारहरूलाई सतेन्द्र साहको शुभकामना
अमेरिका। मेरील्याण्ड राज्यमा प्रारम्भिक मतदान (Early Voting) भोलिदेखि सुरु हुने क्रममा एनआरएनए एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र साहले नेपाली मूलका उम्मेदवारहरूलाई शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै अध्यक्ष साहले मेरील्याण्ड हाउस अफ डेलिगेट्सका उम्मेदवार Harry Bhandari (District 8) र Satish Chapagain (District 7A) लाई सफलताको शुभकामना दिएका हुन्।
साहले दुवै उम्मेदवारले समुदाय सेवा, नेतृत्व विकास तथा जनहितका विषयमा लामो समयदेखि महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्दै आगामी निर्वाचनमा उनीहरूको सफलताको कामना गरेका छन्।
उनले जुन ११ देखि जुन १८ सम्म सञ्चालन हुने प्रारम्भिक मतदानमा सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न मेरील्याण्डका मतदाताहरूलाई आग्रह समेत गरेका छन्। नेपाली समुदायको राजनीतिक सहभागिता र प्रतिनिधित्वलाई अझ सशक्त बनाउन मतदानमा सक्रिय हुनुपर्ने उनको भनाइ छ।
अध्यक्ष साहले नेपाली मूलका उम्मेदवारहरूको उपस्थितिले अमेरिकी मूलधारको राजनीतिमा नेपाली समुदायको पहिचान र प्रभाव थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।