कञ्चनपुर क्षेत्र नं. २ अन्तर्गत कृष्णपुर नगरपालिका–३ देखतभुलीमा नेपाली कांग्रेसको भव्य भेटघाट कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा पार्टीका प्रभावशाली नेता तथा पूर्व परराष्ट्र मन्त्री एनपी साउद को पक्षमा उल्लेख्य जनसमर्थन देखिएको छ।
स्थानीय आमा–बुबा, युवायुवती, किसान तथा व्यवसायीहरूको सक्रिय सहभागिताले देखतभुली क्षेत्र चुनावी माहोलले तातेको छ। कार्यक्रममा वक्ताहरूले क्षेत्रको समग्र विकास, सडक तथा पूर्वाधार विस्तार, शिक्षा–स्वास्थ्य सुधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उपस्थित जनसमुदायले आगामी निर्वाचनमा रूख चिन्हमा मतदान गरी बहुमतका साथ विजय सुनिश्चित गर्ने अठोट व्यक्त गरेको आयोजकहरूले बताएका छन्। घरदैलो अभियानसँगै भेटघाट कार्यक्रमले क्षेत्रभर उत्साह र सकारात्मक सन्देश फैलाएको छ।