रमजानको अवसरमा कैदीबन्दीलाई पोशाक वितरण

theoutsidenepal.com

काठमाडौँ — पवित्र रमजानको अवसर पारेर वरिष्ठ समाजसेवी डा. अबुल हुसेन अन्सारीले केन्द्रिय कारागारमा रहेका मुस्लिम समुदायका कैदीबन्दीहरूलाई पोशाक वितरण गर्नुभएको छ।


अन्सारीको व्यक्तिगत पहलमा १०० जना कैदीबन्दीलाई कुर्ता–पैजामा तथा टोपी (पन्जाबी सेट) वितरण गरिएको हो। उहाँले यस कार्यलाई मानवीय सेवा र सामाजिक उत्तरदायित्वको रूपमा लिएको बताउनुभएको छ।


“यस सानो प्रयासले उहाँहरूको पर्वलाई केही सहज र खुसीपूर्ण बनाउन सहयोग पुग्ने विश्वास लिएको छु,” अन्सारीले बताउनुभयो।


कारागारभित्र रहेका मुस्लिम कैदीबन्दीहरूका लागि रमजानजस्तो महत्वपूर्ण पर्वमा आवश्यक सामग्री उपलब्ध गराउनु सकारात्मक र सहानुभूतिपूर्ण कदम भएको सरोकारवालाहरूले बताएका छन्।


स्थानीय स्तरमा समाजसेवामा सक्रिय अन्सारीले यस्ता कार्यक्रममार्फत समाजका सबै वर्गलाई समेट्ने प्रयास गर्दै आउनुभएको छ।


प्रतिक्रिया