नयाँ संविधानमा राजासहितको व्यवस्था हुनुपर्ने—अनिल पाण्डेको धारणा

theoutsidenepal.com

काठमाडौं।युवा व्यवसायी तथा समाजसेवी Anil Pandey ले नेपालको भावी संविधानमा राजासहितको व्यवस्था हुनुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ। सामाजिक सञ्जालमार्फत आफ्नो विचार व्यक्त गर्दै उहाँले वर्तमान राजनीतिक संरचनाले अपेक्षित परिणाम दिन नसकेको संकेत गर्नुभएको छ।

उहाँका अनुसार, देशमा स्थायित्व, सुशासन र समृद्धि कायम गर्न परम्परागत संस्थाहरूको पुनर्स्थापना आवश्यक रहेको बताउनुभयो। विशेषगरी, Paras Shah जस्ता राजसंस्थासँग जोडिएका व्यक्तित्वप्रति जनताको आकर्षण अझै कायम रहेको भन्दै, त्यसलाई संस्थागत रूप दिनुपर्ने उहाँको भनाइ छ।

“राजा सहितको व्यवस्था भए मात्र प्रधानमन्त्री, मन्त्री र मेयर जस्ता पदहरूको वास्तविक अर्थ स्थापित हुन्छ,” भन्दै उहाँले बलियो राज्य संरचना आवश्यक रहेको धारणा राख्नुभयो।

उहाँले देशमा सुशासन र आर्थिक समृद्धि आउनेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै, यदि नेपाललाई पुनः हिन्दु राज्यको रूपमा स्थापित गर्न सकिए “सुनमा सुगन्ध” हुने पनि बताउनुभयो।

यसैबीच, Balen Shah को नेतृत्वमा बन्ने भनिएको शक्तिशाली सरकारप्रति शुभकामना व्यक्त गर्दै, आगामी दिनमा देशले नयाँ दिशा पाउने अपेक्षा व्यक्त गर्नुभएको छ।

पाण्डेले आफ्नो विचार “द टन न्युज” सँग साझा गर्नुभएको हो, जसले अहिले राजनीतिक वृत्तमा चर्चा थपिएको छ।

प्रतिक्रिया