प्रदेशका समस्या सुन्न प्रधानमन्त्री बालेन्द्र शाहले मुख्यमन्त्रीहरूलाई बोलाए

theoutsidenepal.com

 काठमाडौं — नेपालका प्रधानमन्त्री बालेन्द्र शाह ले सबै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई बोलाइएको छ।


प्रधानमन्त्री शाहले यसअघि प्रदेशगत रूपमा तथा समानुपातिक सांसदहरूसँग छुट्टाछुट्टै छलफल गरिसकेका छन्। सोही क्रमलाई निरन्तरता दिँदै अब मुख्यमन्त्रीहरूसँग प्रत्यक्ष संवाद गरी प्रदेशस्तरका समस्या, चुनौती र तत्काल प्राथमिकतामा राख्नुपर्ने कामबारे जानकारी लिने तयारी गरिएको छ।


सरकारले संघ–प्रदेश समन्वयलाई प्रभावकारी बनाउने उद्देश्यले यस्तो बैठक आयोजना गरेको बताइएको छ। बैठकमा विकास योजना, सेवा प्रवाह, बजेट कार्यान्वयन तथा प्रदेश सरकारका प्रमुख मुद्दाहरूमा छलफल हुने अपेक्षा गरिएको छ।


यसअघि प्रधानमन्त्री शाहले सातै प्रदेशका सांसदहरूसँग पनि अलग–अलग भेटघाट गरी उनीहरूका सुझाव र गुनासाहरू सुनेका थिए। अब मुख्यमन्त्रीहरूसँगको छलफलपछि संघीय संरचनालाई थप सुदृढ बनाउने दिशामा ठोस कदम चालिने संकेत गरिएको छ।


प्रतिक्रिया