नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार अमनलाल मोदीलाई मोरङ्ग–४ मा मतदाता समर्थनको अपिल

theoutsidenepal.com

मोरङ्ग — नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार अमनलाल मोदीलाई मोरङ्ग निर्वाचन क्षेत्र नम्बर ४ मा अत्याधिक मतका साथ विजयी गराउन सबै मतदातामाझ अपिल गरिएको छ।


उम्मेदवार मोदीको चुनाव चिन्ह ‘तारा’ (⭐️) रहेको छ। पार्टीका स्थानीय नेता तथा कार्यकर्ताहरूले मतदातालाई मतदान गर्ने क्रममा तारामा मतदान गरी अमनलाल मोदीलाई विजयी गराउन आग्रह गरेका छन्।


स्थानीय मतदाता र समुदायमा उम्मेदवार मोदीको सक्रियता, विकासमुखी एजेण्डा र जनसंग प्रत्यक्ष पहुँचले सकारात्मक प्रभाव पारिरहेको बताइएको छ। पार्टीले मतदातामाझ एकजुट सन्देश प्रवाह गर्दै विजयी सुनिश्चित गर्न अभियान तीव्र बनाएको छ।


प्रतिक्रिया