२५ वर्षपछि भेट: अनिल पाण्डेले स्मृतिलाई जीवनको सबैभन्दा ठूलो सम्पत्ति भने
काठमाडौँ । मदर ल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले २५ वर्षपछि भएको भेटलाई भावनात्मक क्षणका रूपमा स्मरण गर्दै जीवनमा कमाइने सबैभन्दा मूल्यवान कुरा मीठा सम्झना र आफ्ना मान्छेसँगको बुझाइ मात्र हुने बताएका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, “यो हाम्रो भेट २५ वर्षपछि को हो। जीवनमा कमाउने भनेको मीठो याद र आफ्ना मान्छे को समझना मात्र रहेछ।” साथै उनले रिषि सरप्रति आतिथ्यका लागि आभार प्रकट गर्दै धन्यवाद दिएका छन्।
उनले अंग्रेजीमा समेत भाव व्यक्त गर्दै लेखेका छन्, “The only things one can acquire in life are cherished memories and a deeper understanding of one’s past experiences. Thank you, Rishi sir, for your gracious hospitality.”
लामो समयपछि भएको यो भेटलाई पाण्डेले जीवनको अनुभव, सम्बन्ध र सम्झनाको महत्वपूर्ण क्षणका रूपमा चित्रण गरेका छन्।