फ्रान्सकी राजदूतसँग कानुन मन्त्री गौतमको शिष्टाचार भेट, सहकार्यका विविध विषयमा छलफल

theoutsidenepal.com


फ्रान्सकी राजदूतसँग कानुन मन्त्री गौतमको शिष्टाचार भेट, सहकार्यका विविध विषयमा छलफल



नेपालका लागि फ्रान्सकी राजदूत Virginie Corteval ले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा शिष्टाचार भेट गर्नुभएको छ।


उक्त भेटका क्रममा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम सँग द्विपक्षीय सम्बन्ध, कानुनी सहकार्य र संस्थागत सुदृढीकरणका विषयमा छलफल भएको जनाइएको छ।


राजदूत कोर्टेभालले मन्त्री गौतमलाई बधाई तथा शुभकामना व्यक्त गर्दै नेपालसँग सहकार्य गर्न सकिने विविध क्षेत्रहरूबारे सकारात्मक धारणा राख्नुभएको थियो। उहाँले विशेषगरी न्याय प्रणाली सुदृढीकरण, कानुनी सुधार तथा अनुभव आदान–प्रदानका सम्भावनाबारे चासो व्यक्त गर्नुभएको बताइएको छ।


मन्त्री गौतमले पनि नेपाल–फ्रान्स सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी सहकार्य विस्तार गर्न सरकार तयार रहेको उल्लेख गर्नुभएको छ। भेटवार्तामा दुवै पक्षबीच आगामी दिनमा सहकार्यका सम्भावित कार्यक्रमहरू अघि बढाउने विषयमा सहमति बनेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया