काठमाडौं । गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को अध्यक्ष पदमा Dr. Hem Raj Sharma निर्विरोध निर्वाचित भएका छन्। अध्यक्ष पदका अर्का प्रत्याशी Rabin Bajracharya ले अन्तिम समयमा आफ्नो उम्मेदवारी फिर्ता लिँदै डा. शर्मालाई समर्थन गरेपछि उनी निर्विरोध चयन भएका हुन्।
काठमाडौंस्थित The Soaltee Kathmandu मा जारी एनआरएनएको १२औँ विश्व सम्मेलनकै क्रममा बज्राचार्यले संस्थागत एकता र सहमतिका लागि उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका थिए। उनले एनआरएनएलाई थप बलियो, एकताबद्ध र प्रभावकारी बनाउन डा. शर्माको नेतृत्वलाई समर्थन गरेको बताएका छन्।
बज्राचार्यको निर्णयपछि अध्यक्ष पदमा डा. हेमराज शर्मा निर्विरोध भएका हुन्। सम्मेलनस्थलमा उपस्थित प्रतिनिधि तथा अभियन्ताहरूले यसलाई संस्थाभित्रको सहमति र एकताको संकेतका रूपमा लिएका छन्।
एनआरएनएको १२औँ विश्व सम्मेलन तथा निर्वाचन कार्यक्रम काठमाडौंमा जारी छ, जहाँ विश्वभरबाट आएका प्रतिनिधिहरूको सहभागितामा नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेको छ।