बालेन्द्र शाह टाइम म्यागजिनको “100 Most Influential People 2026” मा समावेश

theoutsidenepal.com

द टन न्युज , काठमाडौं । नेपालका प्रधानमन्त्री तथा काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाह प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रकाशन टाइम म्यागजिनको “100 Most Influential People of 2026” सूचीमा परेका छन्।

टाइम म्यागजिनले उनलाई “Leaders” श्रेणीमा समावेश गर्दै उनको राजनीतिक यात्रा, नेतृत्व शैली र जनसमर्थनलाई विशेष रूपमा उल्लेख गरेको छ।

प्रकाशित विवरणअनुसार, शाह ३५ वर्षको उमेरमा नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री बनेका हुन्। उनको उदयलाई पत्रिकाले “युवा पुस्ताको राजनीतिक आन्दोलन” को परिणामका रूपमा व्याख्या गरेको छ।

लेखमा उल्लेख गरिएअनुसार, शाह पहिले हिप-हप कलाकारका रूपमा परिचित थिए र पछि राजनीतिमा प्रवेश गर्दै काठमाडौं महानगरपालिकाको मेयर बनेका थिए। मेयरका रूपमा उनले फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका प्रयास गरेका थिए।

टाइम म्यागजिनले उनको नेतृत्व उदयलाई दक्षिण एसियाली परम्परागत वंशवादी राजनीतिबाट युवापुस्ताको विद्रोहका रूपमा पनि व्याख्या गरेको छ।

साथै, लेखमा भ्रष्टाचार, प्रशासनिक सुधार र जनउत्तरदायी शासन प्रणालीप्रति उनको कठोर धारणा र अभिव्यक्तिलाई पनि उल्लेख गरिएको छ।

यस सूचीमा समावेश हुनु नेपालका लागि गौरवको विषय भएको भन्दै सामाजिक तथा राजनीतिक वृत्तमा यसलाई सकारात्मक उपलब्धिका रूपमा हेरिएको छ।

प्रतिक्रिया