एनआरएनएद्वारा पूर्व आईसीसी अध्यक्षहरूको सम्मान तथा विदाई , मुख्य प्रायोजकका रूपमा वरिष्ठ उपाध्यक्ष रोविन शेरचन

theoutsidenepal.com

एनआरएनएद्वारा पूर्व आईसीसी अध्यक्षहरूको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न


काठमाडौँ — गैरआवासीय नेपाली संघ (Non-Resident Nepali Association – NRNA) ले अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) का निवर्तमान अध्यक्षहरूको सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको छ। काठमाडौँस्थित Delish Opera Restro & Banquet मा आयोजित उक्त कार्यक्रम नव–निर्वाचित कार्यसमितिद्वारा आयोजना गरिएको हो।


नव–निर्वाचित अध्यक्ष Dr. Hem Raj Sharma को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सम्पूर्ण खर्च समितिका सदस्यहरूले स्वयं वहन गरेका थिए भने वरिष्ठ उपाध्यक्ष Robin Prasad Sherchan मुख्य प्रायोजकका रूपमा रहेका थिए।


कार्यक्रमको सञ्चालन महासचिव Dr. Chiranjibi Khadka र प्रवक्ता Som Sapkota ले गरेका थिए। कार्यक्रममा संस्थापक अध्यक्ष Dr. Upendra Mahato, पूर्व अध्यक्षहरू Jiba Lammichhane, R.K. Sharma, Rabina Thapa लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। साथै, नव–निर्वाचित सम्पूर्ण टिम, सचिवालयका कर्मचारीहरू र सीईओ Rajendra Rahut को समेत सहभागिता थियो।


अध्यक्ष डा. शर्मा ले आफ्नो सम्बोधनमा निवर्तमान अध्यक्षद्वय Dr. Badri KC र Mahesh Shrestha सहित सबै पूर्व अध्यक्षहरू, संस्थापक अध्यक्ष, निर्वाचन समिति, स्टेयरिङ समिति तथा १२औँ युनिटी आईजिए सफल बनाउन योगदान दिने सबैप्रति आभार व्यक्त गरे। उनले नेपाल सरकार, परराष्ट्र मन्त्रालय, विश्वभरका प्रतिनिधिहरू तथा सम्पूर्ण एनआरएनए परिवारप्रति पनि धन्यवाद ज्ञापन गरे।


कार्यक्रमको अवधारणा प्रस्तुत गर्ने Radhika Gurung Tika प्रति विशेष आभार व्यक्त गर्दै उनले महेश श्रेष्ठकी पत्नी Sarmila Shrestha को योगदानको उच्च प्रशंसा गरे। “एनआरएनएमा कोही पनि बाहिर छैन, यो साँच्चिकै अद्वितीय एकता हो,” भन्दै उनले आगामी दिनमा यही एकतालाई कायम राख्दै संस्थालाई विश्वस्तरमा अझ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।


कार्यक्रममा निवर्तमान अध्यक्षद्वय डा. बद्री केसी र महेश श्रेष्ठलाई मायाको चिनो प्रदान गरिनुका साथै सीईओ राजेन्द्र रहुत तथा सचिवालयका सम्पूर्ण कर्मचारीहरूलाई समेत सम्मान गरिएको थियो। महासचिव डा. खड्काले सम्मान प्रदान गरेका थिए।


यस अवसरमा महेश श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई दिँदै यसलाई एनआरएनएको नयाँ युगको सुरुवातका रूपमा व्याख्या गरे। त्यस्तै, डा. बद्री केसीले संवाद समितिसहित सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्दै एनआरएनएको एकता नै सबैभन्दा महत्वपूर्ण रहेको उल्लेख गरे। उनले अब सामान्य सदस्यका रूपमा समेत संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए।


प्रतिक्रिया