सकारात्मक सोच, स्वच्छ राजनीति र बलियो राष्ट्र निर्माणको आह्वान—रास्वपा नेतृ प्रभा कार्कीको एकताका लागि सन्देश

theoutsidenepal.com

ललितपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ललितपुर जिल्ला उप–सभापति प्रभा कार्कीले सकारात्मक सोच, स्वच्छ राजनीति र बलियो राष्ट्र निर्माणका लागि सबैलाई एकजुट भएर अघि बढ्न हार्दिक आह्वान गरेकी छिन्।


सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको सन्देशमा उनले राजनीति सत्ता प्राप्त गर्ने माध्यम मात्र नभई जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने सुवर्ण अवसर भएको उल्लेख गरेकी छन्। उनले नागरिकको विश्वास जित्ने राजनीति आजको आवश्यकता भएको बताउँदै सकारात्मक सोचसहित जिम्मेवार राजनीतिक यात्रामा सहभागी हुन आग्रह गरेकी छन्।


कार्कीले विभाजनको राजनीति अस्वीकार गर्दै एकताको मार्ग रोज्नुपर्नेमा जोड दिँदै नकारात्मक आरोप–प्रत्यारोपको सट्टा समाधानमुखी सोच आवश्यक रहेको बताइन्। उनका अनुसार राजनीति जनसेवाको माध्यम बन्नुपर्छ, जहाँ विचार, इमान्दारिता र उत्तरदायित्व प्रधान हुन्छ।


उनले सबैलाई शुभदिनको कामना गर्दै स्वच्छ र पारदर्शी राजनीतिक संस्कार स्थापनाका लागि रास्वपाको अभियानमा सहभागी हुन निमन्त्रणा दिएकी छिन्।


प्रतिक्रिया