आगामी आर्थिक वर्षका विधेयक तयारीबारे गृह मन्त्रालयसँग छलफल

theoutsidenepal.com

आगामी आर्थिक वर्षका विधेयक तयारीबारे गृह मन्त्रालयसँग छलफल


काठमाडौँ, असार ३ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले आगामी आर्थिक वर्षमा संघीय संसदमा पेश गरिने विधेयकहरूको तयारी तथा व्यवस्थापनबारे गृह मन्त्रालयसँग विस्तृत छलफल गर्नुभएको छ।


बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा आयोजित छलफलमा गृह मन्त्री सुधन गुरुङ सहित दुवै मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।


मन्त्री गौतमले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आगामी आर्थिक वर्षमा संसदमा दर्ता तथा पेश गरिने विधेयकहरूको तयारी, प्राथमिकता निर्धारण र व्यवस्थापनका विषयमा विभिन्न मन्त्रालयसँग क्रमिक रूपमा छलफल भइरहेको बताउनुभयो।


छलफलमा गृह मन्त्रालयसँग सम्बन्धित विधेयकहरूको अवस्था, आवश्यक कानुनी सुधार तथा विधेयक निर्माण प्रक्रियालाई प्रभावकारी बनाउने विषयमा विचार–विमर्श भएको जनाइएको छ। सरकारले आगामी आर्थिक वर्षमा संसदमा पेश गर्ने विधेयकहरूको तयारीलाई तीव्रता दिएको छ।


प्रतिक्रिया