प्रवास नेपाली सम्पर्क विभाग कान्तोको अध्यक्षमा विशाल बिके चयन, सांसद दीपक बोहोरा र बसुमाया तामाङसँग अन्तरक्रिया सम्पन्न
जापान। प्रवास नेपाली सम्पर्क विभाग जापानले प्रतिनिधिसभा सदस्य दीपक बोहोरा तथा सांसद बसुमाया तामाङसँग अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। टोकियोस्थित चौतारो हलमा आइतबार आयोजित कार्यक्रममा प्रवासी नेपाली समुदाय, संगठनका पदाधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
प्रवास नेपाली सम्पर्क विभाग जापानका प्रमुख दीपक कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपप्रमुख भोजेन्द्र सुवेदीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सहसचिव फणिन्द्र शर्माले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।
कार्यक्रममा प्रवासी नेपाली मञ्चका कुलचन्द्र खरेल, एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख दिलेन्द्रप्रसाद जोशी, एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोबिन शेरचन तथा नेपाली राजदूतावास जापानका कार्यवाहक राजदूत हरीहरकान्त पौडेललगायतले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो।
त्यसपछि सम्पन्न बन्दसत्र निर्वाचन समितिका संयोजक तथा विभागका उपप्रमुख भोजेन्द्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो। निर्वाचन समितिका सदस्य रामु खरेलले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा निर्वाचन समितिका सदस्य सचिव फणिन्द्र शर्मा सुवेदीले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा विभागका प्रमुख दीपक कार्की, प्रवक्ता अरमान गुरुङ तथा सचिवालय सदस्य कमला काप्रीले नवगठित कान्तो समितिलाई शुभकामना व्यक्त गर्नुभएको थियो।
निर्वाचन प्रक्रियापछि प्रवास नेपाली सम्पर्क विभाग कान्तो क्षेत्रीय समितिको २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। नवगठित समितिको अध्यक्षमा विशाल बिके चयन हुनुभएको छ।
नयाँ कार्यसमितिमा उपाध्यक्षमा रमेशराज भट्ट, सचिवमा संगम बाबु अङ्गाई, कोषाध्यक्षमा सिजन लम्साल, प्रवक्तामा शिवहरी परियार तथा युवा संयोजकमा उदय गुरुङ चयन हुनुभएको छ।
त्यसैगरी सदस्यहरूमा सरिता कँडेल, प्रवीण जंग थापा, रमेश आचार्य (प्रवीण), विश्वप्रताप बुढा, ज्ञानु पौडेल चालिसे, सन्दीप सुवेदी, कुशल भण्डारी, विष्णु थापा, प्रेम शर्मा, टोपलाल गौतम, सञ्जय सहानी, निर्मल चन्द र गोपालप्रसाद कँडेल चयन हुनुभएको छ।
निर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक भोजेन्द्र सुवेदीले पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो भने प्रमुख अतिथि सांसद बसुमाया तामाङले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
कार्यक्रममा वक्ताहरूले प्रवासी नेपालीहरूको हकहित संरक्षण, संगठनको सुदृढीकरण तथा मातृभूमिसँगको सम्बन्धलाई अझ मजबुत बनाउन नयाँ नेतृत्वले प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए। नवनिर्वाचित कार्यसमितिले आगामी दुई वर्ष संगठनलाई थप सक्रिय, सशक्त र प्रवासी नेपाली समुदायको हितमा केन्द्रित भएर अघि बढाउने प्रतिबद्धता जनाएको छ।