इन्धनमा ठूलो राहत: पेट्रोल २०, डिजेल ३० र ग्यास १०० रुपैयाँ सस्तो

theoutsidenepal.com

इन्धनमा ठूलो राहत: पेट्रोल २०, डिजेल ३० र ग्यास १०० रुपैयाँ सस्तो

नेपाल आयल निगम लिमिटेडले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा उल्लेखनीय कटौती गरेको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेल प्रतिलिटर ३० रुपैयाँ र आन्तरिक हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँले घटाइएको छ। त्यसैगरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटाइएको निगमले जनाएको छ।


मूल्य समायोजनपछि पेट्रोलको नयाँ मूल्य प्रतिलिटर १९७ रुपैयाँ, डिजेल तथा मट्टितेल १९५ रुपैयाँ र आन्तरिक हवाई इन्धन २२९ रुपैयाँ कायम भएको छ। एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २,०६० रुपैयाँ निर्धारण गरिएको छ।

मध्यपूर्वमा युद्धविरामको सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्न थालेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो। सोहीअनुसार नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको जनाएको छ।


प्रतिक्रिया