सिन्धुली क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खिला कुमारी दाहाल ‘लक्ष्मी’को मत अपिल

theoutsidenepal.com

सिन्धुली क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका लागि खिला कुमारी दाहाल ‘लक्ष्मी’को मत अपिल

द टन न्युज । सिन्धुली ।

नेपाली कांग्रेस नेतृ खिला कुमारी दाहाल ‘लक्ष्मी’ले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुली संघीय क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधि पदका लागि मत मागेकी छन्।

नेतृ दाहालले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गर्दै “परम्पराको सम्मान, परिवर्तनको संकल्प”लाई आफ्नो मूल भावनाका रूपमा अघि सारेकी छन्।


उनले “समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प” रहेको उल्लेख गर्दै पार्टीलाई थप सुदृढ, गतिशील र जनमुखी बनाउन आफ्नो भूमिका रहने प्रतिबद्धता व्यक्त गरेकी छन्।

दाहालले मन, वचन र कर्मलाई इमान्दारीसाथ आत्मसात गर्दै कांग्रेसको १५औँ महाधिवेशनमा सिन्धुली क्षेत्र नं. १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई मतदान गरी सहयोग गर्न क्षेत्रीय प्रतिनिधिहरूसँग अपिल गरेकी छन्।

उनले आफ्नो अपिलको अन्त्यमा “जय नेपाल” भन्दै कांग्रेसको महाधिवेशन सफलताको शुभकामना समेत व्यक्त गरेकी छन्।


प्रतिक्रिया