कञ्चनपुर–२ मा जनलहरको उभार : एनपी साउदको पक्षमा उत्साहको बाढी

theoutsidenepal.com

एनपी साउदको पक्षमा कञ्चनपुर क्षेत्र नम्बर २ मा यतिबेला अभूतपूर्व जनलहर देखिएको छ। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व मन्त्री साउदप्रति मतदाताको विश्वास र समर्थन दिनानुदिन बढ्दो छ।


विशेषगरी कृस्णपुर नगरपालिका–७ मा घरदैलो कार्यक्रम तथा जनभेटघाटका क्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता देखिएको छ। विकासप्रेमी, सरल र भिजनरी नेताको रूपमा स्थापित साउदले विगतमा कञ्चनपुरमा पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरणमा खेलेको भूमिकालाई मतदाताले स्मरण गरिरहेका छन्।


स्थानीयवासीहरू भन्छन्—“यसपटक पनि अनुभवी नेतृत्वलाई जिताएर क्षेत्रको विकासलाई निरन्तरता दिनुपर्छ।” फागुन २१ गते हुने निर्वाचनमा रुख चिन्हमा मतदान गर्न मतदाता आतुर देखिन्छन्। गाउँ–टोलमा चुनावी माहोल तातेको छ, कांग्रेस कार्यकर्ताहरू उत्साहका साथ अभियानमा जुटिरहेका छन्।


कञ्चनपुर–२ मा देखिएको यो उत्साहले स्पष्ट संकेत दिएको छ—जनताको भरोसा फेरि एकपटक अनुभवी हातमै जानेछ। 


प्रतिक्रिया