रौतहटमा २८ वर्षीय युवकद्वारा आत्मदाहको प्रयास

theoutsidenepal.com

रौतहट, रौतहटको गरुडा नगरपालिका–९ गमरियाका २८ वर्षीय गौतम कुमार सहनीले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन्।

प्रहरीका अनुसार मंगलबार राति सहनीले शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। घटनामा उनको घाँटीमुनिको करिब ३१.५ प्रतिशत शरीर जलेको छ।

घटनापछि उनलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। आत्मदाह प्रयासको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया