सञ्जय दत्तसँगको भेट अविस्मरणीय रह्यो : प्रचण्ड

theoutsidenepal.com

काठमाडौं ।नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलिउड सुपरस्टार सञ्जय दत्तसँगको भेटघाटलाई अविस्मरणीय अनुभवका रूपमा वर्णन गर्नुभएको छ।


सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रचण्डले सञ्जय दत्तको चर्चित चलचित्र ‘मुन्ना भाई MBBS’ मा देखिएको अभिनयप्रति आफू सधैं प्रशंसक रहेको उल्लेख गर्नुभयो। भेटका क्रममा दत्तसँग भएको कुराकानी निकै रमाइलो र आत्मीय रहेको उहाँको भनाइ छ।


प्रचण्डले सञ्जय दत्तको नेपाल बसाइ सुखद, सहज र स्मरणीय रहने विश्वास व्यक्त गर्दै नेपालमा उहाँको आगमनले सांस्कृतिक तथा कलात्मक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा पनि गर्नुभएको छ।


उहाँले सञ्जय दत्तप्रति शुभेच्छा व्यक्त गर्दै नेपालमा रहँदा सुखद अनुभवको कामना गर्नुभएको छ।


प्रतिक्रिया