ढुवानी व्यवसायीहरूको इतिहासमै पहिलो पटक विश्वनाथ खनाल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित

theoutsidenepal.com

ढुवानी व्यवसायीहरूको इतिहासमै पहिलो पटक विश्वनाथ खनाल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित


नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को ६० औँ वार्षिक साधारणसभा निर्वाचनअन्तर्गत ढुवानी व्यवसायीहरूको इतिहासमै पहिलो पटक ढुवानी व्यवसायी महासंघ–नेपालका निवर्तमान अध्यक्ष विश्वनाथ खनाल केन्द्रीय सदस्य पदमा निर्वाचित हुनुभएको छ।


ढुवानी तथा यातायात क्षेत्रको हकहितका लागि लामो समयदेखि सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका खनालको यो विजयलाई ढुवानी व्यवसायीहरूका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। उहाँको निर्वाचनसँगै ढुवानी क्षेत्रको आवाज अब महासंघको केन्द्रीय तहसम्म सशक्त रूपमा पुग्ने विश्वास व्यवसायीहरूले व्यक्त गरेका छन्।


व्यवसायिक नेतृत्व, अनुभव र समन्वयकारी भूमिकाका कारण खनालले निर्वाचनमा उल्लेखनीय समर्थन प्राप्त गर्नुभएको बताइएको छ। उहाँको सफलतापछि विभिन्न व्यवसायी, संघ–संस्था तथा शुभेच्छुकहरूले हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरिरहेका छन्।


उहाँको नेतृत्वले ढुवानी व्यवसायसँग सम्बन्धित समस्या समाधान, नीतिगत सुधार तथा निजी क्षेत्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया