एनआरएनए र नेपालको आगामी अध्याय : रोविन शेरचनको दूरदर्शी दृष्टिकोण

theoutsidenepal.com

एनआरएनए र नेपालको आगामी अध्याय : रोविन शेरचनको दूरदर्शी दृष्टिकोण

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन ले प्रस्तुत गरेको “एनआरएनए र नेपालको आगामी अध्याय” शीर्षकको विचारले विश्वभर छरिएका नेपालीहरूको शक्ति, अनुभव, सीप र पूँजीलाई राष्ट्र निर्माणसँग जोड्ने स्पष्ट मार्गचित्र प्रस्तुत गरेको छ।

शेरचनले आफ्नो लेखमार्फत विदेशमा रहेका नेपालीहरूलाई केवल रेमिट्यान्स पठाउने समुदायको रूपमा नभई नेपालको आर्थिक, सामाजिक, प्राविधिक र नीतिगत विकासका महत्वपूर्ण साझेदारको रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याएका छन्। उनका अनुसार विश्वका विभिन्न देशमा सफलता हासिल गरेका नेपालीहरू नेपालको समृद्धि यात्राका लागि अमूल्य सम्पत्ति हुन्।

उनले नेपालले अब विश्वव्यापी नेपाली समुदायको ज्ञान, अनुभव र अन्तर्राष्ट्रिय सञ्जाललाई राष्ट्रको विकासमा उपयोग गर्नुपर्ने बेला आएको बताएका छन्। सूचना प्रविधि, नवप्रवर्तन, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि आधुनिकीकरण र उद्यमशीलताको क्षेत्रमा एनआरएनए समुदायले खेल्न सक्ने भूमिकालाई उनले विशेष रूपमा उजागर गरेका छन्।

रोविन शेरचनको विचारमा नेपाल र गैरआवासीय नेपालीबीचको सम्बन्ध केवल भावनात्मक सम्बन्धमा सीमित रहनु हुँदैन। यसलाई आर्थिक समृद्धि, लगानी, रोजगारी सिर्जना, प्रविधि हस्तान्तरण र विश्वव्यापी प्रतिस्पर्धासँग जोड्न सकिए नेपालले विकासको नयाँ युगमा प्रवेश गर्न सक्नेछ।

उनले विदेशमा रहेका नेपालीहरूको क्षमताको सम्मान गर्दै उनीहरूलाई राष्ट्र निर्माणको अभियानमा सक्रिय साझेदार बनाउन सरकार, निजी क्षेत्र र नागरिक समाजबीच समन्वय आवश्यक रहेको बताएका छन्। नीतिगत सुधार, लगानीमैत्री वातावरण र विश्वासको आधार निर्माण भए विश्वभरका नेपालीहरू नेपालको भविष्य निर्माणमा अझ प्रभावकारी ढंगले जोडिन सक्ने उनको विश्वास छ।

एनआरएनए आईसीसीका वरिष्ठ उपाध्यक्ष रोविन शेरचनको यो दृष्टिकोण केवल एउटा लेख मात्र नभई विश्वभर फैलिएका नेपालीहरूलाई एउटै राष्ट्रिय उद्देश्यमा जोड्ने दूरदर्शी अवधारणा को रूपमा हेरिएको छ। नेपालको विकास र समृद्धिको यात्रामा गैरआवासीय नेपालीहरूको भूमिका झन् महत्वपूर्ण बन्दै गइरहेका बेला उनको विचारले नयाँ बहस र नयाँ आशा जगाएको छ।

“विश्वभर छरिएका नेपालीहरूको अनुभव, सीप र सफलतालाई मातृभूमिको समृद्धिमा रूपान्तरण गर्ने समय आएको छ” भन्ने सन्देशसहित रोविन शेरचनले प्रस्तुत गरेको अवधारणाले आगामी दिनमा एनआरएनए र नेपालको सम्बन्धलाई अझ सशक्त र परिणाममुखी बनाउने विश्वास गरिएको छ। 


प्रतिक्रिया