नेपाल फेस्टिभल २०२६ जुलाई १८–२० मा टोकियोको ओदाइबामा हुँदै

theoutsidenepal.com

नेपाल फेस्टिभल २०२६ जुलाई १८–२० मा टोकियोको ओदाइबामा हुँदै

नेपाल फेस्टिभल २०२६ आगामी जुलाई १८, १९ र २० गते जापानको ओदाइबा मा आयोजना हुने भएको छ।

जापानमा रहेका नेपाली समुदायबीच नेपाली कला, संस्कृति, पर्यटन, परम्परा तथा मौलिक खानाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको यस महोत्सवमा हजारौं नेपालीसहित जापानी तथा अन्य विदेशी नागरिकको सहभागिता रहने अपेक्षा गरिएको छ।


मुक्तीराम खनालका अनुसार नेपाल फेस्टिभल २०२६ लाई भव्य र सफल बनाउन आवश्यक तयारी तीव्र रूपमा अघि बढाइएको छ। उहाँले जापानमा रहेका सम्पूर्ण नेपाली समुदाय तथा नेपालप्रेमीहरूलाई कार्यक्रममा सहभागी भई नेपाली कला, संस्कृति र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न आग्रह गर्नुभएको छ।

यस वर्षको फेस्टिभलमा सांस्कृतिक प्रस्तुति, नेपाली परिकार, हस्तकला, पर्यटन प्रवर्द्धन तथा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू आकर्षणका मुख्य केन्द्र रहने आयोजकले जनाएको छ।


प्रतिक्रिया