नेपाली डायस्पोरामा बढ्दो मानसिक स्वास्थ्य चुनौतीबारे विशेष अन्तरक्रिया कार्यक्रम हुने
काठमाडौं/अमेरिका:
Non-Resident Nepali Association (NRNA) NCC USA ले USNepalToday.com सँगको सहकार्यमा नेपाली डायस्पोरा समुदायमा बढ्दो मानसिक स्वास्थ्य समस्यामाथि केन्द्रित विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।
“Mental Health Matters: Facing the Crisis Within the Nepali Diaspora Community” शीर्षकमा आयोजना हुन लागेको उक्त कार्यक्रम आगामी अप्रिल २५, २०२६ मा बिहान १०:०० बजे (EST) Facebook Live मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ।
कार्यक्रममार्फत मानसिक स्वास्थ्य जस्तो संवेदनशील विषयमा खुलेर बहस गर्ने, चेतना अभिवृद्धि गर्ने तथा विदेशमा बसोबास गर्ने नेपालीहरूले भोगिरहेका चुनौतीबारे गहिरो छलफल गरिने आयोजकले जनाएको छ। नेपाली समुदायमा प्रायः लुकाइने मानसिक स्वास्थ्यका मुद्दाहरूलाई उजागर गर्दै यससम्बन्धी गलत धारणा तोड्ने प्रयास गरिनेछ।
उक्त कार्यक्रममा Susma Khanal (क्लिनिकल साइकोलोजी इन्टर्न, WVU Medicine) र Hari Ojha (उद्यमी तथा NRNA अभियन्ता) प्रमुख वक्ताका रूपमा रहनेछन्।
त्यसैगरी कार्यक्रमको संयोजन Sunita Khatri Nepal (उपाध्यक्ष, NRNA NCC USA) र Sarita Gurung ले गर्नेछन्।
NRNA NCC USA का अध्यक्ष Satendra Sah ले मानसिक स्वास्थ्यको विषयलाई गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिँदै समुदायलाई खुला संवाद, अनुभव आदानप्रदान र आपसी सहयोगमार्फत स्वस्थ वातावरण निर्माण गर्न आह्वान गरेका छन्।
आयोजकका अनुसार यस कार्यक्रमले मानसिक स्वास्थ्यसम्बन्धी चेतना फैलाउन, कलंक (stigma) हटाउन तथा समुदायमा सहयोग र सहकार्यको भावना मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।