सर्लाही । आगामी निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. अमरेश कुमार सिंहको पक्षमा सर्लाही जिल्ला क्षेत्र नम्बर ४ मा उत्साहजनक माहोल देखिएको छ। घरदैलो अभियान, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा व्यापक जनसहभागिता देखिँदा क्षेत्रमा घण्टीको लहर चलेको स्थानीयले बताएका छन्।
शिक्षित, इमानदार र समाजप्रति समर्पित व्यक्तित्वका रूपमा परिचित डा. सिंहले शिक्षा, स्वास्थ्य, रोजगारी र सुशासनलाई आफ्नो मुख्य एजेण्डा बनाउँदै समग्र विकासको स्पष्ट खाका सार्वजनिक गर्नुभएको छ। उहाँले पारदर्शी शासन प्रणाली, युवा रोजगारी सिर्जना, गुणस्तरीय शिक्षा र सहज स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
स्थानीय बासिन्दाहरूका अनुसार पुरानो राजनीतिक अभ्यासबाट दिक्क भएका मतदाता अहिले नयाँ सोच र वैकल्पिक शक्तिप्रति आकर्षित भएका छन्। “परिवर्तनका लागि अब घण्टी बजाउनुपर्छ,” भन्ने नारासहित युवादेखि अग्रजसम्म डा. सिंहको पक्षमा खुलेर उभिएका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार सर्लाही–४ मा यसपटक प्रतिस्पर्धा रोचक बन्दै गएको छ भने घण्टी छापप्रति मतदाताको आकर्षण उल्लेखनीय रूपमा बढिरहेको छ।
क्षेत्रको समृद्धि, सुशासन र दीगो विकासका लागि घण्टी छापमा मतदान गरी डा. अमरेश कुमार सिंहलाई विजयी गराउन मतदातामा उत्साह र प्रतिबद्धता देखिएको छ।