झापा–५ मा फरक शैलीका युवा नेता : आरोप होइन, समाधानको राजनीति

theoutsidenepal.com

अन्य पार्टी र नेतालाई गाली नगर्ने यस्तो पनि नेता हुन्छ?


राजनीतिक सभामा चर्का भाषण र आरोप–प्रत्यारोप सामान्य जस्तै बनेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा भावी प्रधानमन्त्रीका रूपमा अगाडि सारिएका युवा नेताले झापा–५ मा फरक सन्देश दिएका छन्।


झापा ५ का उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका उनी मञ्चमा पुग्छन्, नमस्कार गर्छन् र सीधा विषयमा प्रवेश गर्छन्। अरूलाई होच्याउने शब्द होइन, आफ्ना योजनाबारे छोटो र स्पष्ट प्रस्तुति दिन्छन्।


जहाँ पुग्छन्, त्यही स्थानको विशेषता र सम्भावनाको चर्चा गर्छन्—कृषि, सिँचाइ, उद्योग, पर्यटन, रोजगारी, शिक्षा र स्वास्थ्यका व्यावहारिक एजेन्डा उठाउँछन्। ठूला र अव्यावहारिक सपना देखाउने होइन, “सामान्य जनताको जनजीविका सहज बनाउने” प्रतिबद्धता व्यक्त गर्छन्।


उनको शैलीको अर्को विशेष पक्ष—

“भोट दिनुहोस् वा नदिनुहोस्, यहाँका समस्या र कामको सूची दिनुहोस्,” भन्ने आग्रह।


केही मिनेट मात्र बोल्ने, अनावश्यक नबोल्ने र समाधानमुखी दृष्टिकोण प्रस्तुत गर्ने उनको शैलीले झापा–५ मा चर्चा बटुलेको छ।


राजनीतिमा आरोपभन्दा व्यवहार र कार्यशैलीले विश्वास जित्न सकिन्छ भन्ने सन्देश दिन खोजिरहेका यी युवा नेता अहिले मतदातामाझ फरक पहिचान बनाउन सफल देखिन्छन्।


प्रतिक्रिया