प्रधानमन्त्री सुशीला कार्कीको निस्वार्थ बिदाइ : सिंहदरबार छोड्ने अनौठो दृश्य

theoutsidenepal.com


प्रधानमन्त्री सुशीला कार्कीको निस्वार्थ बिदाइ : सिंहदरबार छोड्ने अनौठो दृश्य



काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरबारको चमकधमक र औपचारिकताभन्दा पर, आफ्नो कर्तव्य पूरा गरी शान्त भावमा सरकारी निवास बालुवाटार छोड्नुभएको छ।


प्रधानमन्त्री कार्कीले सिंहदरबारबाट निस्कँदा आफूले प्रयोग गरेका निजी सामानसमेत नबोकि, केवल सम्झनाका यादहरू मात्रै लिएर बाहिरिनुभएको थियो। सत्ताको मोहमा नफसेर र कुनै तामझाम नगरी गर्नु भएको यो बिदाइले देशभरका नागरिकमा अचम्म र सम्मानको भाव जगाएको छ।


विशेषज्ञ र जनता दुवैको दृष्टिमा, यो निस्वार्थ र निष्कलंक नेतृत्वको अद्वितीय उदाहरण हो। सामाजिक सञ्जालमा समेत यस दृश्यको प्रशंसा हुँदै “सादगीको शिखर” भन्दै प्रधानमन्त्री कार्कीको कर्तव्यपरायणता र मानविय मूल्यको उच्च मूल्याङ्कन गरिएको छ।


यस अवसरमा, धेरैले उहाँको काम र नेतृत्वलाई १०० मा १०० अंक दिने उल्लेख गरेका छन्। प्रधानमन्त्री कार्कीले देखाएको सरलता, निष्कलंकता, र जनसेवाप्रतिको निष्ठा आगामी पुस्ताका लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ।


प्रधानमन्त्री सुशीला कार्कीको यो निस्वार्थ बिदाइले हामी सबैलाई सच्चा नेतृत्व भनेको तामझाममा होइन, कर्तव्य र जिम्मेवारीमा आधारित हुने भन्ने महत्वपूर्ण सन्देश दिएको छ।


प्रतिक्रिया