काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको पहिलो औपचारिक विदेश भ्रमण स्वीकृत भएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उनको International Criminal Police Organization (इन्टरपोल) सम्बन्धी कार्यक्रममा सहभागी हुन France भ्रमण गर्ने प्रस्ताव अनुमोदन गरेको हो।
गृह मन्त्रालयका अनुसार आईजीपी कार्की चैत २५ देखि २७ गतेसम्म फ्रान्समा रहनेछन्। सो अवधिमा उनी इन्टरपोलद्वारा आयोजित उच्चस्तरीय बैठक तथा विभिन्न द्विपक्षीय भेटघाटमा सहभागी हुने कार्यक्रम रहेको छ।
यो कार्कीको महानिरीक्षक नियुक्तिपछिको पहिलो विदेश भ्रमण हो। भ्रमणका क्रममा अन्तर्राष्ट्रिय प्रहरी समन्वय, सीमा पार अपराध नियन्त्रण, साइबर अपराध नियन्त्रण तथा सूचना आदान–प्रदान सुदृढीकरणका विषयमा छलफल हुने बताइएको छ।
सरकारका प्रवक्ताले अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीको सहभागिता र समन्वय बढाउने उद्देश्यले भ्रमण स्वीकृत गरिएको जानकारी दिएका छन्।