खसोखास पत्रिका १५औँ वर्षमा प्रवेश, पत्रकारिता योगदानको प्रशंसा

theoutsidenepal.com


खसोखास पत्रिका १५औँ वर्षमा प्रवेश, पत्रकारिता योगदानको प्रशंसा



नेपाली समुदायमा स्थापित सञ्चार माध्यम खसोखास पत्रिका ले आफ्नो १४औँ वर्ष सफलतापूर्वक पूरा गर्दै १५औँ वर्षमा प्रवेश गरेको छ।


यस विशेष अवसरमा पत्रिकाले सूचना, सचेतना र समुदायको आवाजको प्रभावकारी माध्यमका रूपमा खेलेको भूमिकाप्रति व्यापक प्रशंसा व्यक्त गरिएको छ। विगत १४ वर्षको यात्रामा खसोखासले नेपाली डायस्पोरासहित विभिन्न समुदायमा विश्वसनीय र सशक्त पत्रकारिताको उदाहरण प्रस्तुत गरेको उल्लेख गरिएको छ।


पत्रिकाका प्रधान सम्पादक किशोर पन्थी लगायत सम्पूर्ण टिमलाई बधाई दिँदै आगामी दिनहरूमा अझ उच्च सफलता, निरन्तर उन्नति तथा प्रभावकारी पत्रकारिताको कामनासमेत व्यक्त गरिएको छ।


नेपाली समाजमा सूचना प्रवाह र जनचेतना अभिवृद्धिमा खसोखास पत्रिकाले पुर्‍याएको योगदानलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ।


प्रतिक्रिया