सार्वजनिक ताल संरक्षणका लागि कृष्णपुर नगरपालिकाको कडा निर्देशन

theoutsidenepal.com

२०८२/१२/२५ गते 

द टन न्युज— गुलरिया, कञ्चनपुर |


कृष्णपुर नगरपालिका ले सार्वजनिक तालको संरक्षण सम्बन्धी अत्यन्त जरुरी सूचना जारी गर्दै अतिक्रमण र अवैध संरचना हटाउन कडा निर्देशन दिएको छ।


नगरपालिकाद्वारा २०८२ १२ महिना २५ गते प्रकाशित सूचनाअनुसार वडा नं. ७ स्थित कञ्चन मावि नजिक रहेको सार्वजनिक जमिन तथा ताल क्षेत्र केही व्यक्तिहरूद्वारा अवैध रूपमा अतिक्रमण गरिएको उजुरीका आधारमा स्थलगत निरीक्षण गरिएको थियो।


निरीक्षणका क्रममा उक्त क्षेत्रमा माटो भरान गरिएको, कुलो निर्माण गरिएको तथा तालको स्वरूप परिवर्तन हुने गरी संरचना निर्माण भइरहेको पाइएकाले नगरपालिका गम्भीर बनेको छ।


सूचनामा उल्लेख भएअनुसार सिट नं. ०२७–०४५४, कित्ता नं. ३१९ र ४२८ मा सार्वजनिक ताल रहेको पुष्टि भएको छ भने केही क्षेत्रमा जग्गा खाली रहेको पनि देखिएको छ।


स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक सम्पत्तिको संरक्षण गर्नु स्थानीय तहको कर्तव्य भएकोले:


  • माटो भरान गरिएको स्थान ७ दिनभित्र हटाउन
  • ताल क्षेत्रमा कुनै पनि किसिमको अनधिकृत संरचना निर्माण नगर्न
  • कसैको दावी वा विरोध भए प्रमाणसहित ३ दिनभित्र नगरपालिकामा पेश गर्न



भनी आग्रह गरिएको छ।


सूचनाको अवज्ञा गरेमा प्रचलित कानूनअनुसार कडा कारबाही गरिने समेत नगरपालिकाले चेतावनी दिएको छ।


प्रतिक्रिया