जापानबाटै रास्वपाको विजय अभियानमा सक्रिय: युवा व्यवसायी दीपक कार्कीको चर्चा

theoutsidenepal.com

प्रवासमा रहेर पनि नेपाली राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्ने युवामध्ये दीपक कार्की पछिल्लो समय विशेष चर्चामा छन्। प्रवास नेपाली सम्पर्क विभाग जापानका सभापति कार्कीले प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी लाई दुई तिहाइ नजिक पुर्‍याउने अभियानमा महत्वपूर्ण योगदान दिएको बताइएको छ।


जापानमा बसोबास गर्दै आएका युवा व्यवसायी कार्की निर्वाचनको माहोल तात्दै गर्दा नेपाल पुगेर चुनावी अभियानमा सक्रिय भएका थिए। उनले विभिन्न क्षेत्रका युवालाई एकजुट गर्दै रास्वपाको पक्षमा जनमत निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकाे नेताहरूले बताएका छन्।


राजनीतिक विश्लेषकहरूका अनुसार विदेशमा रहेका नेपाली युवालाई सक्रिय रूपमा जोड्ने काममा पनि कार्की अग्रसर देखिएका छन्। प्रवासमा रहेका नेपालीलाई परिवर्तनको अभियानमा जोड्ने प्रयासले रास्वपाको जनाधार विस्तारमा सकारात्मक प्रभाव पारेको चर्चा भइरहेको छ।


कार्कीले पार्टीका शीर्ष नेताहरू रवि लामिछाने र बालेन्द्र शाह लाई वर्तमान समयका “युग पुरुष” भन्दै उनीहरूको नेतृत्वले देशमा नयाँ राजनीतिक अध्याय सुरु गर्ने विश्वास व्यक्त गरेका छन्।


उनका अनुसार देशमा सुशासन, पारदर्शिता र विकासका लागि नयाँ सोचसहित अघि बढिरहेको रास्वपाले नेपाली राजनीतिमा सकारात्मक परिवर्तन ल्याउनेछ। प्रवासबाट पनि त्यही अभियानलाई बलियो बनाउन आफू निरन्तर सक्रिय रहने कार्कीले बताएका छन्।


युवा व्यवसायीका रूपमा परिचित कार्कीले प्रवासमा नेपाली समुदायलाई संगठित गर्दै सामाजिक तथा राजनीतिक गतिविधिमा समेत सक्रिय भूमिका खेल्दै आएका छन्। अहिले भने उनको सक्रियता रास्वपाको विजय यात्रासँगै झनै चर्चामा आएको छ।


प्रतिक्रिया