प्रेम गुरागाईंको शान्तिको सन्देश: “सबैका लागि शान्ति होस्, यसको सुरुवात मबाट होस्, अहिल्यै।”
वरिष्ठ समाजसेवी एवं राष्ट्रवादी व्यक्तित्व प्रेम गुरागाईंले शान्तिलाई केवल युद्धको अभाव नभई व्यक्तिको आन्तरिक चेतना, सत्य, करुणा, न्याय र सेवामा आधारित जीवनशैलीका रूपमा व्याख्या गर्नुभएको छ। हाल अमेरिकामा रहनुभएका गुरागाईंले व्यक्त गर्नुभएका विचारहरूले विश्वमा बढ्दो द्वन्द्व, विभाजन र असहिष्णुताका बीच मानवता, सहअस्तित्व र नैतिक जिम्मेवारीको सन्देश प्रवाह गरेका छन्।
उहाँका अनुसार शान्ति बाहिरबाट थोपर्ने विषय होइन, यो प्रत्येक व्यक्तिको मनबाट सुरु हुने परिवर्तन हो। आत्म-अनुशासन, क्षमाशीलता, संवाद, धैर्य, प्रकृतिप्रतिको सम्मान र सबै धर्म तथा समुदायप्रति समान दृष्टिकोण नै दीगो शान्तिको आधार हुने उहाँको विश्वास छ। “शान्ति मबाट, अहिले सुरु हुन्छ” भन्ने उहाँको भनाइले व्यक्तिगत जिम्मेवारीमार्फत समाज र विश्व परिवर्तन गर्न सकिने सन्देश दिन्छ।
गुरागाईंले शान्तिलाई न्याय, प्रेम र सेवासँग जोड्दै गरिब, बिरामी, उपेक्षित तथा पीडित समुदायप्रति संवेदनशील बन्न आग्रह गर्नुभएको छ। उहाँका विचारले घर–परिवारदेखि समाज र विश्वसम्म मेलमिलाप, सद्भाव र मानवीय मर्यादाको संस्कृतिलाई बलियो बनाउने प्रेरणा दिन्छ।