प्रहरी महानिरीक्षक कार्कीद्वारा देशभरका प्रहरी कार्यालय प्रमुखलाई समसामयिक विषयमा निर्देशन

theoutsidenepal.com

प्रहरी महानिरीक्षक कार्कीद्वारा देशभरका प्रहरी कार्यालय प्रमुखलाई समसामयिक विषयमा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीका देशभरका विभिन्न कार्यालय तथा युनिटका प्रमुखहरूलाई समसामयिक विषयवस्तुमा केन्द्रित रहेर आवश्यक निर्देशन दिनुभएको छ।

प्रहरी महानिरीक्षक कार्कीले भर्चुअल माध्यमबाट नेपाल प्रहरीका सबै ब्यूरो, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी, सबै प्रदेश प्रहरी कार्यालय तथा प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूलाई सम्बोधन गर्नुभएको हो।

त्यसैगरी नेपाल प्रहरी अपराध अनुसन्धान विद्यालय, नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथ, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, विशेष सुरक्षा गण, प्रदेश प्रहरी गण तथा अन्य विभिन्न प्रहरी युनिटका प्रमुखहरू पनि भर्चुअल सम्बोधनमा सहभागी थिए।

जिल्ला प्रहरी परिसर तथा कार्यालय, अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौं उपत्यका विशेष सुरक्षा गण, काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २, नेपाल प्रहरी पहरा गण, काठमाडौं उपत्यका प्रहरी शिक्षालय, नेपाल प्रहरी विद्यालय, प्रदेश विपद् व्यवस्थापन गुल्म, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मुद्दा चल्ने ‘क’ श्रेणीका प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयका प्रमुखहरूलाई समेत निर्देशन दिइएको थियो।

सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले वर्तमान सुरक्षा अवस्था, अपराध नियन्त्रण तथा अनुसन्धान, नागरिकमैत्री प्रहरी सेवा, प्रहरी संगठनको व्यावसायिकता र जिम्मेवारीका विषयमा विशेष ध्यान दिन निर्देशन दिनुभएको बताइएको छ।

उहाँले प्रहरी संगठनको मूल दायित्व नागरिकको सुरक्षा, कानुनको प्रभावकारी कार्यान्वयन र शान्ति–सुरक्षा कायम गर्नु भएकाले प्रत्येक प्रहरी कर्मचारीले उच्च व्यावसायिक आचरण र जिम्मेवारीका साथ कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभएको छ।

साथै अपराध नियन्त्रण तथा अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै प्रविधिको प्रयोग, सूचना संकलन तथा अन्तरनिकाय समन्वयलाई प्राथमिकता दिन निर्देशन दिइएको छ। नागरिकसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै प्रहरी सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र निष्पक्षता कायम गर्नसमेत प्रहरी महानिरीक्षक कार्कीले निर्देशन दिनुभएको छ।

देशभरका प्रहरी युनिटका प्रमुखहरूलाई एकैपटक भर्चुअल माध्यमबाट सम्बोधन गर्दै दिइएको निर्देशनलाई प्रहरी संगठनको कार्यसम्पादनलाई थप प्रभावकारी, अनुशासित र नागरिककेन्द्रित बनाउने प्रयासका रूपमा हेरिएको छ।


प्रतिक्रिया