काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका अध्यक्ष सतेन्द्र शाहले ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष शाहले “३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु। राष्ट्रिय एकता कमजोर पार्ने कुनै पनि प्रयास अस्वीकार्य छ। नेपालको जय होस्।” भन्ने सन्देश उल्लेख गरेका छन्।
उनले पृथ्वीनारायण शाहले स्थापना गरेको एकीकृत नेपालको ऐतिहासिक महत्वलाई स्मरण गर्दै राष्ट्रिय एकता, स्वाधीनता र सार्वभौमिकताको संरक्षण आजको पुस्ताको साझा दायित्व भएको स्पष्ट पारेका छन्। विदेशमा रहेर पनि मातृभूमिप्रतिको माया, एकता र जिम्मेवारी कहिल्यै कमजोर हुन नहुने उनको भनाइ छ।
अध्यक्ष शाहको सन्देशले विश्वभर रहेका नेपाली समुदायबीच राष्ट्रिय भावना, एकता र देशप्रेमलाई थप सुदृढ बनाउने विश्वास गरिएको छ।