अमेरिकी सर्वोच्च अदालतको निर्णय: ग्रीन कार्डधारीका लागि अमेरिका प्रवेशमा कानुनी जोखिम बढ्यो

theoutsidenepal.com

अमेरिकी सर्वोच्च अदालतको निर्णय: ग्रीन कार्डधारीका लागि अमेरिका प्रवेशमा कानुनी जोखिम बढ्यो

अमेरिकी सर्वोच्च अदालतले जुन २३, २०२६ मा ६–३ को बहुमतले महत्वपूर्ण फैसला गर्दै विदेश यात्रा गरेर अमेरिका फर्किने ग्रीन कार्डधारी (Lawful Permanent Resident) व्यक्तिहरूमाथि सीमा अधिकारीहरूले अपराध गरेको विश्वास गर्ने उचित आधार (reasonable basis) भए थप कानुनी कारबाही अघि बढाउन सक्ने निर्णय गरेको छ।

अदालतका अनुसार यस्ता अवस्थामा सुरुमै स्पष्ट र विश्वसनीय प्रमाण प्रस्तुत गर्नुपर्ने अनिवार्य व्यवस्था नहुने भएकाले आपराधिक आरोप वा दोषी ठहर भएका ग्रीन कार्डधारीहरूका लागि अमेरिका पुनः प्रवेश गर्दा कानुनी जोखिम बढ्ने देखिएको छ।

यस निर्णयले विशेषगरी आपराधिक मुद्दा, दोषसिद्धि वा अन्य कानुनी जटिलतामा परेका ग्रीन कार्डधारीहरूको विदेश यात्रापछि अमेरिका प्रवेश प्रक्रियामा थप कडाइ आउन सक्ने कानुनविद्हरूको भनाइ छ।

न्यूयोर्कस्थित कानुन विज्ञ बासु फुलाराले ग्रीन कार्डधारीहरूलाई कुनै पनि आपराधिक मुद्दा वा कानुनी जटिलता रहेको अवस्थामा विदेश यात्रा गर्नुअघि अनुभवी इमिग्रेसन एटर्नीसँग अनिवार्य रूपमा परामर्श लिन आग्रह गरेका छन्।


प्रतिक्रिया