तनहु–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार भगवती न्यौपाने को लोकप्रियता यतिबेला तीव्र गतिमा बढ्दै गएको छ। उनका समर्थकहरूले भन्छन्, “जनताको मन जित्ने काम नै उनको प्राथमिकता हो, र यही कारणले चुनावी मत बहावमा बढ्दो क्रेज देखिन्छ।”
स्थानीयवासीहरूको सक्रिय सहभागिता र घरदैलो अभियानमा न्यौपानेको उपस्थितिले मतदातामा सकारात्मक प्रभाव परेको छ। सामाजिक सञ्जाल र समुदाय स्तरमा उनको प्रचार–प्रसार तीव्र भएसँगै चुनावी उर्जा झन् बलियो बनेको विश्लेषकहरूको भनाइ छ।
उनले विकास, शिक्षा, स्वास्थ्य र सुशासनलाई मुख्य एजेन्डा बनाउँदै मतदातासँग प्रतिवद्धता जनाएका छन्। चुनावी रणनीतिमा युवापुस्ता र महिला मतदातालाई जोड दिँदै उनले आफ्ना योजनाहरू व्यापक रूपमा प्रचार गरेका छन्।
विश्लेषकहरूको अनुसार, तनहु–१ मा भगवती न्यौपानेको नेतृत्व र जनसमान्यसँगको सिधा सम्पर्कले उनलाई जीत नजिक पुर्याउने संकेत देखिन्छ। मतदाताबीच बढ्दो क्रेजले आगामी चुनावी नतिजामा निर्णायक भूमिका खेल्ने सम्भावना पनि बढाएको छ।