शून्य बाँकी फाइल सप्ताहपछि गुनासो गर्न आह्वान, सरकारको सुरुआतप्रति जनताको सकारात्मक प्रतिक्रिया

theoutsidenepal.com

काठमाडौं ।

मिति २०८२ चैत ३० गतेदेखि २०८३ वैशाख ७ गतेसम्म सञ्चालन गरिएको “शून्य बाँकी फाइल सप्ताह (Zero Pending File Week)” अभियान अन्तर्गत फर्छ्यौट हुन नसकेका फाइलहरूको सम्बन्धमा गुनासो गर्न सरकारद्वारा सार्वजनिक सूचना जारी गरिएको छ।


सूचनाअनुसार, संघ, प्रदेश र स्थानीय तहका सरकारी निकायबाट उक्त अवधिमा समाधान हुन नसकेका फाइलबारे कुनै गुनासो भएमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको हेलो सरकार शाखामा उजुरी दिन सकिनेछ। गुनासोका लागि टोल-फ्री नम्बर ११११ तथा आधिकारिक वेबसाइटमार्फत पनि दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।


सरकारले प्रशासनिक कामलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउन यो अभियान सञ्चालन गरेको जनाएको छ। यस अभियानलाई सेवा प्रवाह सुधार गर्ने महत्वपूर्ण कदमको रूपमा हेरिएको छ।


यसैबीच, बालेन शाह नेतृत्वको सरकारको सुरुआती कामप्रति जनस्तरबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। सेवा प्रवाहमा सुधार, ढिलासुस्ती अन्त्य गर्ने प्रयास र नागरिक गुनासो सुन्ने संयन्त्र सक्रिय बनाइएकाले सर्वसाधारणमा उत्साह देखिएको छ।


सरकारको यस्तो पहलले प्रशासनिक प्रणालीलाई थप जिम्मेवार र जनमुखी बनाउने अपेक्षा गरिएको छ।


प्रतिक्रिया