रास्वपाको निर्णय: उपसभामुखमा रूबी कुमारी ठाकुरलाई समर्थन

theoutsidenepal.com

द टन न्युज, काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको उपसभामुख पदका लागि रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने निर्णय गरेको छ।


सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले बैठकपछि जानकारी दिँदै ठाकुरलाई मतदान गर्ने सहमति भएको बताए।


बैठकमा प्रधानमन्त्री तथा संसदीय दलका नेता बालेन शाह, पार्टी सभापति रवि लामिछाने लगायत शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।


उपसभामुख पदका लागि श्रम संस्कृति पार्टी की २५ वर्षीया उम्मेदवार ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सरस्वती लामा प्रतिस्पर्धामा छन्। ठाकुरले बिहीबार रास्वपाको समर्थनमा उम्मेदवारी दर्ता गराएकी थिइन्।


प्रतिनिधिसभामा रास्वपाको झण्डै दुई तिहाइ बहुमत रहेको अवस्थामा उसको समर्थन पाउँदा ठाकुरको उपसभामुखमा निर्वाचित हुने सम्भावना बलियो देखिएको छ।


प्रतिक्रिया