कैलाली — कैलाली क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसको चुनावी अभियान थप उत्साहजनक बनेको छ। प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोरख बहादुर बिष्ट ‘आनन्द’ ले पार्टीमा नवप्रवेशी युवा साथीहरूलाई हार्दिक स्वागत गर्दै उनीहरूको आगमनले फागुन २१ को निर्वाचन अभियानलाई थप ऊर्जा र हौसला प्रदान गरेको बताएका छन्।
बिष्टले युवाहरूको सक्रिय सहभागिता नै परिवर्तन र विकासको मुख्य आधार भएको उल्लेख गर्दै, नयाँ पुस्ताको साथले कैलाली–४ मा कांग्रेसको जित सुनिश्चिततर्फ अघि बढिरहेको दाबी गरेका छन्। उनले “Vote for Tree” अभियानमार्फत रुख चिन्हमा मतदान गरी भारी मतसहित विजय दिलाउन अपिल गरेका छन्।
स्थानीय तहदेखि केन्द्रसम्म संगठन सुदृढ बनाउँदै अघि बढेको कांग्रेसलाई युवाको साथले थप मजबुत बनाएको समर्थकहरूको भनाइ छ। चुनाव नजिकिँदै जाँदा कैलाली–४ मा कांग्रेस पक्षधरहरूको सक्रियता उल्लेखनीय रूपमा बढेको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार नवप्रवेशी युवाको उत्साह र संगठनात्मक एकताले गोरख बहादुर बिष्ट ‘आनन्द’को जित यात्रालाई थप बल पुर्याएको छ।