पत्रकार पक्राउबारे प्रधानमन्त्री बालेन शाहको सचिवालयको स्पष्टोक्ति : रिहाइ र धरपकड रोक्न निर्देशन

theoutsidenepal.com

पत्रकार पक्राउबारे प्रधानमन्त्री बालेन शाहको सचिवालयको स्पष्टोक्ति : रिहाइ र धरपकड रोक्न निर्देशन


काठमाडौं । पत्रकार पक्राउ परेको घटनाप्रति प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रेस प्रमुख दीपा दाहालले सामाजिक सञ्जालमार्फत स्टाटस सार्वजनिक गर्दै उक्त घटनामा प्रधानमन्त्री, उहाँको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेकी छन्।

दाहालका अनुसार पत्रकार पक्राउ परेको घटनाबारे प्रधानमन्त्री तथा उहाँको सचिवालयलाई पूर्वजानकारीसमेत थिएन।


घटनाबारे जानकारी प्राप्त हुनासाथ प्रधानमन्त्री शाहले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको उनले उल्लेख गरेकी छन्।


त्यसैगरी, समाचार कक्षमा प्रवेश गरी पत्रकारमाथि कुनै पनि प्रकारको धरपकड नगर्न पनि प्रधानमन्त्रीले सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिएको दाहालको भनाइ छ।

प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र स्वतन्त्र रूपमा समाचार संकलन तथा सम्प्रेषण गर्न पाउने अधिकारसँग जोडिएको यस घटनाबारे प्रधानमन्त्रीको सचिवालयबाट आएको स्पष्टोक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।


प्रतिक्रिया